चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले सुर्खेतको गुर्भाकोटमा सञ्चालन गरेको रेडियो आरम्भ ९७.५ एफ.एम.का लागि निम्नलिखित कर्मचारीहरुको आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ।

१. कार्यक्रम संयोजक (महिला/पुरुष)
संख्या : एक
आवश्यक न्यूनतम् योग्यताः
आमसञ्चार विषय लिई स्नातक तह उतिर्ण वा कुनैपनि विषयमा स्नातक तह उतिर्ण गरि आमसञ्चारका क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव प्राप्त।

२. कार्यक्रम उत्पादक/प्रस्तोता (पुरुष/महिला)
संख्याः एक
आवश्यक न्यूनतम योग्यताः
आमसञ्चार विषय लिई प्लस टु वा सो सरह उतिर्ण।
रेडियो वा टेलिभिजनका क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको हुनुपर्ने।

३. समाचार वाचक (महिला)
संख्याः एक
आवश्यक न्यूनतम् योग्यताः
प्लस टु उतिर्ण।
समाचार वाचन तथा लेखनमा कम्तिमा २ वर्षको अनुभव प्राप्त

४. कार्यक्रम प्रस्तोता (महिला/पुरुष)
संख्याः २ (आंशिक काम गर्ने)
आवश्यक न्यूनतम् योग्यताः
प्लस टु उतिर्ण।
कार्यक्रम उत्पादन तथा प्रस्तुतीमा ज्ञान भएको ।

५. बजार व्यवस्थापक (महिला/पुरुष)
संख्याः एक
आवश्यक न्यूनतम् योग्यताः
प्लस टु वा सो सरह उतिर्ण।
सञ्चार माध्यमको बजार व्यवस्थापन र विज्ञापन संकलन तथा प्रशारण सम्बन्धि ज्ञान भएको ।

 

आवेदन दिने अन्तिम मितिः २०७८ असोज १ गते सम्म।
आवेदन दिने ठेगानाः
रेडियो आरम्भ ९७.५ एफ.एम.
गुर्भाकोट –८, सुर्खेत
फोन नं. ०८३–४१००३२
इमेलः radioaarambha@gmail.com

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।