काठमाण्डौं। विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पार्टीमा सञ्चालन भैरहेका समानान्तर गतिविधि रोक्न संलग्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बिहीवार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले यस्तो निर्देशन दिएको हो।
अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको र त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए।
बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ।
बिहिवारको बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।
पार्टीका अध्यक्ष मिश्रले मार्ग परिवर्तन, विचार भन्दा माथि देश भन्दै राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि संयोजक मिलन पाण्डे समुहले असन्तुष्टि व्यक्त गर्दै समानान्तर गतिविधि गर्दै आइरहेको छ। समानान्तर गतिविधि गर्ने क्रममा बिहीवार नै संयोजक पाण्डेले बोलाएको छुट्टै केन्द्रीय समिति बैठकमा ४० जना मात्र सहभागी भएका थिए। पाण्डे समुहले केन्द्रीय सदस्यहरूको कित्ताकाट गरेसँगै अध्यक्ष मिश्र पार्टीभित्र सुविधाजनक बहुमतमा देखिएका छन्।
बैठकले निम्न निर्णयहरू गरेको छ।
त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
२) पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।
३) बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।