सुर्खेत। गुर्भाकोट नगरपालिकाले आफ्नो वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार नगरपालिकाको हलमा आर्थिक वर्ष २०७७/७८ को समीक्षा गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हस्त पुनले हरेक वर्ष प्रगतिको उच्चतम् विन्दुतर्फ लम्किनुपर्नेमा जोड दिए। उनले वार्षिक कार्यक्रम, योजना तथा परियोजना निर्धारित समयमै सक्ने गरि काम गर्न विषयगत शाखाका प्रमुखहरूलाई निर्देशन समेत दिए।

समीक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खत्रीले समीक्षा कार्यक्रमलाई प्रगतिको फेहरिस्त सुनाउने कार्यक्रम बनाउन विषयगत शाखाका प्रमुखहरूलाई आग्रह गरे।

कार्यक्रममा पालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरूले आफ्नो शाखाको कार्यसम्पादन सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।