सुर्खेत। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही माथि भएको आक्रमणको भर्त्सना गरेका छन्। शनिवार सामाजिक सञ्जालमा लेख्दै मिश्रले शाही र उनका साथीहरू माथि भएको आक्रमणको निन्दा गरेका हुन्।

अभियन्ता शाही कोरोना कहरले सिर्जना गरेको सङ्कटको घडीमा राहत वितरणमा सक्रिय रहँदा भएको आक्रमणको तुरुन्त छानविन गरि दोषीमाथि कारवाही गर्नपनि मिश्रले माग गरेका छन्। मिश्रले आक्रमणबाट घाइते भएका शाही र उनका साथीहरूको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

शाही र उनको समूह माथि शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आक्रमण भएको थियो। आक्रमणमा परि शाही सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं घाइते भएका छन्। 

उनीहरु माथि आक्रमणमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।