सुर्खेत। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम आज प्रस्तुत गरेका हुन्।

कर्णालीको दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको सरकारको नीति तथा कार्यक्रमले स्वास्थ, शिक्षा, कृषि, रोजगारी, गरिबी अन्त्य र पूर्वाधार विकासलाई जोड दिएको छ।

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सहभागी मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीलगायत प्रदेशसभा सदस्यहरु। तस्वीर : शुरबहादुर सिंह/रासस

प्रदेश प्रमुख कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ स्वास्थ्य परीक्षण, उपचार, उपकरण, औषधि, जनशक्ति र पूर्वाधारसमेत व्यवस्थापनका कार्यहरू प्रभावकारी रुपमा अगाडि बढाउने नीति लिएको छ।

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न आएका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी स्वागत गर्दै सभामुख राजबहादुर शाही। तस्वीर : शुरबहादुर सिंह/रासस

कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोच हाँसिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास लक्ष्य विन्दुमा पुर्याउने दिशामा आगामी कार्यक्रमहरू केन्द्रीत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।