काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्रीलाई हत्याको धम्की दिनु फौजदारी कानुनको विषय भएको बताएको छ। पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले शनिवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्याको धम्कीलाई आफ्नो पार्टीले अत्यन्तै भम्भिर रुपमा लिएको बताए।

विज्ञप्तिमा प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिे आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको उल्लेख छ।

वैद्यको अभिव्यक्तिलाई भर्त्सना योग्य भन्दै एमालेले यो विषय मुलुकको फौजदारी कानुन आकर्षित हुने विषय भएको ठहर गरेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।