सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको मुख्य कार्यालय भेरीगंगा ११, रामघाटमा शुक्रबार स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्दै रक्तदान कार्यक्रम गरिएको हो। संस्थाले सामाजिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक तेजबहादुर खड्काले जानकारी दिए। 

नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा संस्थाका शेयर सदस्य तथा गैर सदस्य गरी जम्मा  ५० जनाको उपस्थितिमा १८ जनाले रक्तदान गरेका थिए। महामारीका कारण सुर्खेतमा रगतको चरम अभाव भईरहेका वेला शिखर साकोसले मानव सेवाको लागि कार्यक्रमको आयोजना गरेकोमा नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतका प्राविधिक देपेन्द्र के.सी.ले धन्यवाद व्यक्त गरे। केसीले यस्ता कार्यक्रम अन्य संघ संस्थाहरूले पनि आयोजना गरिदिएमा सङ्कटका बेला रगत अभाव नहुने बताए। 

संस्थाले आयोजना गरेको कार्यक्रममा स्वतःस्फूर्त रुपमा सहभागि भई रक्तदान गर्ने सबैलाई सम्मान स्वरुप संस्थाले प्रमाणपत्र प्रदान गरेको कार्यक्रमका संयोजक खड्काले जानकारी दिए। खड्का संस्थाका युवा उपसमिति संयोजक समेत हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।