काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद् पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन्। 
प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन्। यसअघि गृहमन्त्रीमा प्रधानमन्त्री ओली निकट महेश बस्नेतको नाम चर्चामा थियो। त्यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन्। पूर्व माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादल अदालतको आदेशमा पदमुक्त भएपनि उनकी श्रीमतीलाई मन्त्री बनाउन लागिएको हो।

यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् । 

यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरूले बताएका छन । 

उनीहरूले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।