काठमाडौं।  प्रतिभाशाली गायक जयन्द्र रैगाईँको पहिलो गीत ‘भाग्य’ सार्वजनिक भएको छ। राजधानीमा मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका गायक रैगाईँले पहिलो गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। उनले लकडाउनकै बीचमा उक्त गीत रेकर्ड गरिएकाले भिडियोमा खासै मेहनत गर्न नपाएको बताए।

अरुका लागि थुप्रै गीत लेखिसकेका उनले यस गीतको शब्द पनि आफैले लेखेका हुन्। म्यूजिका ल्याबोरेटरी माछापोखरीमा रेकर्डिङ गरिएको गीतको एरेन्जिङ र मिक्सिङ दिप्सन श्रेष्ठले गरेका हुन्। गीतको भिडियो दिप्सन श्रेष्ठ र तेन्जुले खिचेका हुन् भने भिडियो सम्पादन पनि दिप्सन श्रेष्ठले नै गरेका हुन्।

नवगायक रैगाईँले आफ्नै आवाजमा गीत रेकर्ड गर्ने सपना सानैदेखि भएपनि बल्ल पूरा गर्न पाएको भन्दै खुशी व्यक्त गरे। उनी नृत्यमा पनि पोख्त छन्। चर्चित नृत्य निर्देशक देवु वरासँग नृत्यकला सिकेका उनले वरासँगै राजधानी काठमाडौं तथा सुदूरपश्चिमका थुप्रै स्टजेमा कोरस नाचिसकेका छन्। केही वर्षअघि उनले थारु भाषाको गीत ‘तु नजर जुझैलो’ मा समेत अभिनय गरिसकेका छन्।

हेर्नुहोस् भिडियो….

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।