सुर्खेत। नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ। गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो। 

कांग्रेसबाट यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्रालय र दिनबन्धु श्रेष्ठले जलस्रोत तथा उर्जा विकास मन्त्रालय सम्हाल्ने तय भएको छ।  

नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीका अनुसार सिफारिस गरिएका दुई मन्त्रीहरूको शुक्रबार सपथ हुनेछ।

सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुदलाई अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएपछि कांग्रेस असन्तुष्ट बनेको थियो। तर, बिहीबारको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदलाई सामाजिक विकास मन्त्रालयमै ल्याउने निर्णय गरेलगत्तै कांग्रेसले मन्त्रीका लागि दुईजनाको नाम सिफारिस गरेको हो।

यो सँगै कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ८ पुगेको छ।  सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना र कांग्रेसबाट २ जना मन्त्री हुनेछन्। कर्णाली प्रदेशसभामा हाल ३५ सांसद छन्। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।