काठमाडौं। नायिका स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छन्। निषेधाज्ञाका कारण कामविहिन बनेका ३ सय भन्दा बढी चलचित्र प्राविधिकहरुका लागि स्वस्तिमाले अभियान शुरु गरेकी हुन्।

नेपाल चलचित्र प्राविधिक संघसँग आबद्ध रहेका प्राविधिकहरुको अवस्था नाजुक बन्दै गएपछि स्वस्तिमाले भिडियो सन्देशमार्फत सहयोगको अभियान सुरु गरेको घोषणा गरेकी छन्।

संकटका बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न नसक्नु दुखद भन्दै स्वस्तिमाले कोरोनाका कारण अहिले चलचित्र निर्माण नहुँदा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेको बताएकी छन्।

स्वस्तिमाले आफूले स्पट ब्वायहरु बढी समस्यामा परेको जनाउदै आफू प्राविधिकहरुसँग नजिक रहेकाले सबैले सानो सहयोग गर्दा पनि ठूलो सहयोग पुग्ने उनले बताएकी छन्।

स्वस्तिमाले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन भिडियो मार्फत अपिल गरेकी छन्।

 

 

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।