काठमाडौं। संविधानको धारा ७६को उपधारा ५ अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि विपक्षी गठबन्धनका नेताहरु शीतल निवास गएका छन। बहुमत सांसदको हस्ताक्षर जुटेसँगै गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन्।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएका छन्। सरकार गठन प्रयोजनका लागि काँग्रेस, माओवादी जसपाको उपेन्द्र यादव समूह र एमालेकै माधव कुमार नेपाल समूहका सांसदले हस्तक्षर गरेका छन्।

यसअघि विपक्षि गठबन्धनका तर्फबाट पूर्णबहादुर खड्का, रामकुमारी झाँक्रि र वर्षमान पुन लगायतका नेताहरुले सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।