काठमाडौं। बागमती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। उनले नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरेका हुन्।

देवकोटाले ५०८८ मतभार ल्याउँदा बादलले ४०१४ मतभार मात्र प्राप्त गरेका छन्। डा. देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेकै माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो। प्रदेश सभामा ३ सिट भएको विवेकशील साझाले भने निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गरेको थियो।

निर्वाचनमा २ मत नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले प्राप्त गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।