दमौली। लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ। ५.८ रिक्टर स्केलको भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो।

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ। भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए।

छिमेकी जिल्ला लमजुङको मस्र्याङदी गाउँपालिका-३ भुलभुले आसपासमा केन्द्रविन्दु बनाएर बुधबार बिहान गएको ५.८ रिक्टरको भुकम्पको धक्काले तनहुँको व्यास नगरपालिका-१४ स्थित कुलुङ निवासी कृष्णबहादुर कामीको घरमा पु¥याएको क्षति। भुकम्पले घरको केही भाग भत्किए पनि मानवीय क्षति नभएको वडाध्यक्ष काजीमान श्रेष्ठ बताउँछन्। तस्वीर : सानेबहादुर नेपाली/रासस

लमजुङ मस्र्याङदी गाउँपालिका ३ भुलभुले केन्द्रविन्दु बनाएको बुधबार बिहान गएको भूकम्पले बेँसीशहर नगरपालिका ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको भत्किएको घर। यस घर भत्किँदा उमा गुरुङ घाइते भएकी छन् भने जिल्लाका विभिन्न घर भत्किँदा उमासहित चार जना घाइते भएका छन। एक दर्जन बढी घरमा क्षति पुगेको छ। तस्वीर : जनक श्रेष्ठ/रासस

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।