ओखलढुङ्गा। ओखलढुङ्गा जिल्लाको नाम राख्ने ओखल आकारको ढुङ्गो। मल्लकालीन समयमा काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएको र उनको फौजले विजय हासिल गर्दै यस ठाउँमा आएर राज्य चलाउँदा यो ओखल जस्तो ढुङ्गामा धान कुटेर खाएको र ओखलको काम गर्ने ढुङगो भन्ने प्रचार गरिएसँगै यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको किम्वदन्ती छ।

उक्त ढुङ्गाको नामबाट जिल्लाको नाम ओखलढुंगा राखिएको हो। उक्त ओखल हालको सिद्धिचरण नगरपालिका–१२, सिद्धिचरण पार्कसँगै जोसुकैले पनि सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ।

तस्बिरहरु राष्ट्रिय समाचार समितिका लागि पूर्णप्रसाद न्यौपानेले खिचेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।