सोमवार, ०३ जेठ २०७८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। कृषि कार्यबाट बढी लाभ मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विशिष्ट व्यक्तिको साथ पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्ला। जोशजाँगर र हिम्मत बढ्नेछ। निर्माणको कार्य भने अघि बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। श्रमको उचित मल्याङ्कन हुनेछ। आफन्तलाई प्रभावित पारेर काम बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान हराउने योग छ। साँझमा आफ्नी इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर शेयर बजारबाट राम्रो सफलता पाईन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। जोश जाँगर र उमङ्ग बढ्नेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पुरा होला। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। साँझमा अनावश्यक खर्च बढ्न सक्छ। नयाँ कामको योजना बन्ला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। शुभ र नयाँ कार्यको योजना बन्नेछ। आफन्त सँग पुनर्मिलनको योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले विभिन्न अवसर जुराउनेछ। सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ कामको थालनी पनि हुन सक्छ।

ज्यो.प. नारायणप्रसाद दुलाल
यो राशिफल हाम्रो पात्रो हाम्रो पात्रो बाट साभार गरिएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।