काठमाण्डौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डे्यले एमाले नेता महेश बस्नेतलाई एमालेको अपहरण विभाग प्रमुख भएको टिप्पणी गरेका छन्। बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराई राती १ बजे बालुवाटार आएर प्रधानमन्त्री ओलीसँग आफूलाई प्रधानमन्त्री बनाईदिन याचना गरेको अभिव्यक्ति दिएपछि आईतवार फेसबुक मार्फत प्रतिक्रिया दिदैं पाण्डे्यले एमालेका अपहरण विभाग प्रमुखले भनेजस्तो बाबुराम र ओलीबीचको भेट राती १ बजे नभएको बताएका छन्।

पाण्डे्यले डा. भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न एकपटक बेलुका ५ बजे र एकपटक बेलुका ७ बजे गएको प्रष्टिकरण दिएका छन्। भट्टराईले प्रधानमन्त्रीसँगको दुवै भेटमा देउवाको नाममा पनि बहुमत नपुग्ने, साथै वर्तमान र पूर्वप्रधानमन्त्री कसैको पनि नाममा राष्ट्रिय सहमति नबन्ने स्थिति भएको हुँदा एकपटक राष्ट्रिय सहमति कसरी बन्छ त्यसबारेमा अन्तिम कोशिस गरौं भन्ने प्रस्ताव राखेको पाण्डे्यले बताएका छन्।

एमाले नेता बस्नेतलाई गतवर्ष सांसद अपहरण गरेको आरोप लागेको थियो। जस्को सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आईरहेको छ। बस्नेत प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन्।

यस्तो छ पाण्डेको फेसबुक स्टाटसः

एमालेका अपहरण विभाग प्रमुखले भनेजस्तो बाबुराम र ओलीबीचको भेट राती १ बजे भएको हैन। एकपटक बेलुका ५ बजे र एकपटक बेलुका ७ बजे भेट भएको हो। अराजनीतिक तत्वले छर्ने भ्रममा कोही पनि नपर्नुहोला। पत्रकार मित्रहरुको प्रमसँग भेट भइराख्छ, मेसो पर्दा सिधै प्रमसँग नै सोध्नुहोला।

भेट्घाट हुँदा के कुरा भएको थियो उहाँले पनि भन्नुहोला। बाबुरामले २ पटक भेटेर पहल गर्न खोजेको कुरा यत्ति हो की – देउवाको नाममा पनि बहुमत नपुग्ने, साथै वर्तमान र पूर्वप्रम कसैको पनि नाममा राष्ट्रिय सहमति नबन्ने स्थिति भएको हुँदा एकपटक राष्ट्रिय सहमति कसरी बन्छ त्यसबारेमा अन्तिम कोशिस गरौं भन्ने मात्रै हो।

पूर्वप्रम र वर्तमान प्रमबाहेकको व्यक्तिले सरकारको नेतृत्व गर्ने गरी सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाऔं भनेर प्रमसँग उहाँले प्रस्ताव राख्नुभएको थियो । योबाहेक अरु केही कुरा भएको छैन, र/वा/किन्तु/परन्तुको कुरै छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।