काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालीबीच भेटवार्ता शुरु भएको छ। दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने भन्दै नेकपा प्रधानमन्त्री समेत रहेकाओली र नेता नेपालबीच आज सिंहदरबारमा भेटवार्ता भएको हो।

नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ। अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।