प्रधानमन्त्री ज्यू,
कोरोनाका कारण अक्सिजन नपाएर अकालमा ज्यान गुमाएका ति मृत आत्माले तपाइलाई कस्तो आशीर्वाद देलान् या श्राप देलान् अलिकता पनि तपाईँमा मानवीयता बाकी छ भने सोच्नुस् त! संक्रमितका आफन्त अक्सिजन खोज्दै सिलिन्डर बोकेर उद्योग, उद्योग धाउन बाध्य भएका छन तर पनि अक्सिजन पाएका छैनन्, त्यो जिम्मेवारी तपाइको सरकारको हो, तपाईंले व्यवस्था गर्न नसकेको स्वास्थ्य सामग्री ति पीडित आफन्तले कहाँ बाट ल्याउँछन्?

देशका आम नागरिक हरेक दिन डर र त्रासले बाँच्नुपर्ने स्थिति ल्याउनलाई तपाइलाई नागरिकले दुईतिहाइ मतले जिताएर पठाएका थिएनन्। हरेक दिन जसो अक्सिजनको अभावले मृत्युवरण गरिरहेका नेपाली र हस्पिटलमा बेड नपाएर भौतारिरहेका बिरामीको आशुले तपाइलाई पोल्नेछ। तपाईंले भर्ती गरेको वन मन्त्रीको पछिल्लो अभिव्यक्ति सुन्दा तपाइलाई थोरै पनि अप्ठ्यारो नलाग्नु अचम्म छ। अक्सिजनको व्यवस्था गर्नु पर्ने बेलामा तपाइको मन्त्री लास जलाउनका लागि दाउराको कमी हुन नदिन आदेश दिइरहँदा  आम नागरिकले के अपेक्षा गर्ने तपाइको सरकारसँग?

छिमेकी मुलुक  भारतको कुरा गर्ने हो भने एउटा प्रदेशको मुख्यमन्त्रीले १४ दिनमा आइसीयु सहित १००० बेडको अस्पताल निर्माण गरेको समाचार आउँछ। तर मेरो देशको हालत भने यस्तो छ। तपाईँका हरेक जसो अभिव्यक्ति हेर्दा तपाई हाम्रो प्रधानमन्त्री हो भन्न लज्जा बोधको अनुभूति हुन्छ आक्रोशले छाती फुट्ला जस्तो हुन्छ नागरिकले एकपटक फेर्ने श्वास नपाई रहेका बेला तपाईंको यो  तडक भडक, तपाईंको रङ्ग रमाइलो, तपाईं र तपाईँका वरिपरि देखिएका राजनीतिका फोहोरी दृष्यलाई देखेर लाजले पनि लाज मान्दो हो है, प्रधानमन्त्री ज्यू! तपाइलाई कत्ति पनि ग्लानि महसुस छैन। देशका लाखौं नागरिक रोगसँगै भोकले छटपटाइरहेका छन् । तपाइको सरकारले किन देखेको छैन? तपाईँका सांसद, मन्त्री, कार्यकर्ता  देश र नागरिकमाथि भद्दा मजाक बनाएर गरेका भाषण सुन्न र ताली बजाउनमै व्यस्त छन नागरिकको रक्षा कसले गर्छ?

प्रधानमन्त्री ज्यू! तपाइले तेस्रो पटक प्रधानमन्त्री भएर सपथ खादै गर्दा म राष्ट्रिय टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हेर्दै थिए  मलाई पनि आम नागरिकमा परेको जस्तै भ्रम परेको थियो बोल्ने क्रममा शब्द छुटाउनु भयो होला भनेर तर त्यो त हामी सबैको साच्चिकैको भ्रम नै रहेछ तपाईंले  राष्ट्रपतिको गरिमालाई कुल्चिनु भएको रहेछ। तपाईलाइ यो देशका नागरिकका लागि प्रतिज्ञा गर्छु भन्न हिचकिचाउनुपर्ने स्थिति किन? तपाई कसका लागि प्रधानमन्त्री बन्नु भएको हो त्यसको जवाफ जनतालाई दिनु पर्छ। राष्ट्रपतिको सस्था तपाइको गोजी भित्रको होइन, तपाई संविधान भन्दा माथि हुनुहुन्छ?

हिजो संविधानलाई कुल्चेर संसद विघटन गरेको समयमा लाज लुकाउन  पशुपतिनाथ मन्दिर गएको आम मानिस जानकार नै छन। आज प्रधानमन्त्रीको सपथ खादा तपाईलाई ईश्वरको नाममाू भन्न किन यति भारि पर्योर? के का लागि यो सब नाटक मन्चन गरिरहनु भएको छ प्रधानमन्त्री ज्यु?

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।