केपी बा…
अक्सिजन त अब नयाँ सरकार चलाउन चाहिन्छ
बरु
योग गर्नै नपर्ने
अक्सिजन चाँहिदै नचाहिने
औषधी खानै नपर्ने
हासेरै कोरोना लाई जित्ने
एक सिलिन्डर उखान टुक्का दिन्छु भनी दिनुस न
जनता अस्पतालमा रोई रोई
मरि सके र मर्दैछन्
एक छिन मर्ने नपाउने कर्फ्यु पनि लगाउनुस न
अनि
नयाँ प्रधानमन्त्रीको सपथ खानुस्।

केपी बा
आना कानि गर्नेलाई साेध्नुस् न
कति के के चाहियो?
मागे जति दिन्छु
सुटकेशको जमाना छैन
भन
कति सिलिन्डर चाहियो पठाईदिउला डलर मै बरु
तर मेरो मर्जीको सरकारमा जसरि नि आउ
बाँडीचुँडी खाम्ला।
जनतालाई सिलिन्डरै सिलिन्डरको तमासा देखाम्ला।

केपी बा भनिदिनुस न…

( गाैतम विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभागका सदस्य हुन् ।)

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।