सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन्। सरकारका नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजिनामा दिएसँगै तीनजना नयाँ अनुहारको प्रवेश भएको छ। यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीमा बिमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा नरेश भण्डारी थिए। उनीहरुले पार्टीको निर्देशन बमोजिम बुधवार बिहान पदबाट राजिनामा दिएका हुन्।

नवनियुक्त मन्त्रीहरुमा गोपाल शर्मा, बिन्दमान विष्ट र सीता नेपाली रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताए। बुढाथोकीका अनुसार गोपाल शर्माले आर्थिक मामिला तथा योजना मन्त्रालय, विन्दमान विष्टले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालय र सीता नेपालीले जलश्रोत तथा उर्जा विकास मन्त्रालउ सम्हाल्ने छन्। भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनेको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा नेपालीलाई नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्रीहरुको आजै शपथ हुने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।