सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “अक्सिजन सिलिण्डरकालागि मेरो १ हजार ” अभियानलाई सहयोग जुट्ने क्रम जारी छ। सुर्खेतको वीरेन्द्रनगरमा कोभिड १९ का विरामिहरुकालागि अक्सिजन सिलिण्डरको चरम अभाव हुँदै गर्दा शुरु गरिएको अभियानलाई मंगलवार मेची महाकाली बुहारी समूहले पनि सहयोग रकम हस्तान्तरण गरेको छ।

समूहमा आवद्ध दिदिबहिनीहरु मिलेर अभियानकालागि २५ हजार रकम सहयोग गरेका अभियानका सदस्य मिलन श्रेष्ठले बताए। श्रेष्ठले अभियानमा देशविदेशबाट तमाम साथीहरुले सहयोग गरिरहेकाले सहयोग गर्ने सम्पूर्ण मनकारीहरुलाई आभार व्यक्त गरे।

पत्रकार सुदिप पुरीको नेतृत्वमा शुरु गरिएको अभियानमा पत्रकार मिलन श्रेष्ठ धर्मराज आचार्य खगेन पुरी र पत्रकार प्रवाश कुमार शाक्य रहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।