काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सोमवार राति विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेको जानकारी दिएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।