काठमाडौं। पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन्। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ। यस्तै, तीन हजार ३७० जना निको भएका छन्।

मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ। हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परी क्षण गरिएको छ।
कूल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ। तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या ८३ हजार ४९३ रहेको छ। मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७६५ जना निको भएका छन्।

शनिवार काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन्। यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६ छन्।

निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० रहेको छ। भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ। ललितपुरमा हाल सक्रिय सङक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन्। यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ।

कर्णालीः २४६ कोरोना जितेर फिर्ता

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन्। संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम९पश्चिम०बाट ११÷११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रवीन खड्काले जानकारी दिए।

यससँगै कर्णालीमा संक्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन्। त्यसैगरी कोरोना संक्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ। तीन हजार ८१८ संक्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।