–शुरबहादुर सिंह


सुर्खेत। कर्णाली प्रदेश साहसिक खेलहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना भएको भूमि हो। यहाँ बन्जी जम्पिङ्, हेली स्किइङ, रक क्लाइम्बिङ, स्किइङ, साइक्लिङ, माउन्टेन क्लाइम्बिङ, केभिङ, हाइकिङ, माउन्टेन बाइकिङ्, प्याराग्लाडिङ र¥याफ्टिङलगायतका खेल सञ्चालन हुन सक्ने यथेष्ट आधारहरु छन्। यो अवस्था हुँदाहुँदै पनि ती खेलसँग सम्बन्धित आवश्यक दक्ष जनशक्ति, पूर्वाधार तथा व्यावसायिक योजना अभावले यी खेल सञ्चालन गर्न सकिएको छैन।

साहसिक खेलहरुमध्येको ¥याफ्टिङ खेल भने कर्णाली प्रदेशभित्रका कर्णाली र भेरी नदीमा सञ्चालन हुँदै आएको छ। ¥याफ्टिङ खेलका हिसाबले भेरी र कर्णाली उत्कृष्ट एवं निकै सम्भाव्य मानिन्छन्। जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन्। खासगरी असोजदेखि जेठ महिनाको अवधिमा ती दुई नदीमा ¥याफ्टिङ सञ्चालन हुने गर्दछ।

एकसाता अघिसम्म भेरी नदीमा ¥याफ्टिङ खेल्ने अर्थात जलयात्रा गर्ने आन्तरिक पर्यटक राम्रै देखिन्थे पछिल्लो एक वर्ष यता भेरी नदीमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको पाइएको छ पहिलो चरणको कोरोना सङ्क्रमण कम हुँदै गएपछि असोज यता ¥याफ्टिङ व्यवसायीहरुले व्यवसाय सञ्चालन गरे र आन्तरिक पर्यटकहरुको आकर्षण पनि बढ्यो ।

गत वर्षदेखि कोरोना महामारीले चल्न नसकेको यो व्यवसाय चालू आव ०७७÷०७८ को असोजदेखि चैतसम्म राम्रै चल्यो। यस अवधिमा छ हजार ७२२ पर्यटकले भेरी नदीमा जलयात्रा गरेको कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चरस् प्रा.लि.कैलालीका सञ्चालक देवराज जोशीले जानकारी दिए। “यो वर्ष भेरी नदीमा ¥याफ्टिङ गर्नेको सङ्ख्या अपेक्षाभन्दा बढ्यो,”उनले भने, “यहाँ आउने बढी आन्तरिक पर्यटकहरु छन्।”

¥याफ्टिङ गाइडको समेत कामगर्दै आएका सञ्चालक जैसीले असोज यता भेरी नदीमा मात्र छ हजार ७२२ जना पर्यटकले जलयात्रा गरेको बताए। त्यस क्रममा सिक्किमका मुख्यमन्त्रीको कार्यालयका नौ जना सरकारी अधिकारीले पनि जलयात्रा गरेको उनले जानकारी दिए।

प्रतिव्यक्ति रु. एक हजार ५०० का दरले शुल्क लिएर २० देखि ३० किलोमिटर जलयात्रा गराउँदा ¥याफ्टिङ पर्यटकहरुबाट मात्रै कर्णालीलाई न्यूनतम ६७ लाखदेखि बढीमा रु एक करोड ८३ हजार आम्दानी भएको सञ्चालक जैसीको भनाई छ। यद्यपि, कोरोनाका कारण जलयात्रा गर्नेको कमी भने हुँदै गएको छ।

भेरी नदीको जल प्रवाह शान्त र स्वच्छ भएकाले त्यहाँको प्राकृतिक दृश्यावलोकन गर्न पर्यटकहरु ¥याफ्टिङ खेलमा भाग लिने गर्दछन्। ¥याफ्टिङ गाइड कमल शाहीका अनुसार भेरी नदी पारिवारिक (आन्तरिक) पर्यटकहरुका लागि उपयुक्त मानिन्छ। जहाँ उनीहरुले नदी क्षेत्रका दृश्यहरुको नजर लगाउँदै फोटो कैद गर्दै मनोरञ्जन लिने गर्दछन्। यो नदी अन्य नदीमा जोखिम नभएको गाइड शाहीको भनाई छ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक हप्ताअघि मात्र सुर्खेत पञ्चपुरी नगरपालिकाको ९ जामुदेखि कुईनेसम्म २० किलोमिटर ¥याफ्टिङ खेल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए। उनले भने, “कर्णाली प्रदेश सरकार सामिाजक विकास मन्त्रालयको आयोजना तथा प्रा.लि.को व्यवस्थापनमा वैशाख ११–१४ गतेसम्म ¥याफ्टिङखेल दौड प्रतियोगिता सञ्चालन गरी सम्पन्न गर्यौं। जसमा नौ वटा टिमले भाग लिएका थिए।”

कर्णाली सरकारको प्रवक्ता समेत रहेकी आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले आफैले प्रतियोगितामा भाग लिएकी थिईन। प्रवक्ता केसीले साहसिक खेल ¥याफ्टिङलाई प्रदेशस्तरीय खेलका रुपमा सञ्चालन गर्ने गरी शुरुआत गरिएको बताईन।“¥याफ्टिङ खेल पर्यटनको राम्रो आधार क्षेत्र हो जहाँ पानीमै रहेर घण्टौंसम्म स्वर्गीय आनन्द लिन सकिन्छ,”उनले भनिन, “पानीमा खेल्नुको आनन्द नै फरक रहेछ। तनावबाट मुक्तभई खुशी हुन हरेकले जलयात्रा गर्न आवश्यक छ।”

उनले बाह्रै महिना पनि फरक आनन्द लिने गरी ¥याफ्टिङ सञ्चालन गर्नेतर्फ सरकारले अघि बढ्ने योजना बनाएको बताईन। उनले भनिन, “यो प्रदेशमा भेरी कर्णाली ¥याफ्टिङ खेलका संभाव्य नदी हुन् जहाँ भू–स्वर्गको अनुभूति हुन्छ। ¥याफ्टिङलाई बहुआयमिक बनाएर लैजानु पर्छ जसले खेल, पर्यटन तथा मनोरञ्जन समेतलाई जोड्न सकोस्।”

उनले भू–स्वर्ग प्राप्तिका लागि स्वदेशी तथा विदेशी पाहुनाहरुलाई कर्णाली आउन आग्रह गरेकी छन्। कर्णालीमा पर्यटन उद्योग अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र भएकोले यसलाई प्रवद्र्धन गर्न सरकार लागिरहेको जनाउँदै मन्त्री केसीले यस प्रदेशमा प्राकृतिक मात्र नभई, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक स्थानसमेत थुप्रै रहेको बताईन।

कर्णालीमा ¥याफ्टिङ खेल प्रतियोगिताका लागि सामिाजक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा करिब रु आठ लाख बजेट विनियोजन गरेको थियो। सम्पन्न प्रतियोगितामा भाग लिएर प्रथम, द्वितीय र तृतीय हुने ¥याफ्टिङ खेल प्रतियोगीलाइ क्रमशः रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिसकिएको व्यवस्थापक संस्था एडभेन्चर प्रा.लि.ले जानकारी दिएको छ।

भेरी नदीमा जाजरकोट राडी ज्यूलादेखि नलगाड नगरपालिकाको दल्ली, रिम्नादेखि चौरजहारी, कुदुदेखि सल्यानको सल्लीबजार, सुर्खेतको मेहलकुनादेखि रानीघाट, बराहतालको तरंगादेखि जामुपञ्चपुरीको जामु पुलदेखि कुईने, घाटगाउँ हुँदै चौकुने भएर कणाली नदी पुग्ने ठाउँसम्म जलयात्राको उत्तम क्षेत्र भएको ¥याफ्टिङ व्यवसायीहरुले बताएका छन्। यी क्षेत्रमा दश महिनाभरिमा ¥याफ्टिङ व्यवसाय चल्न सक्ने उनीहरुको भनाई छ।

कर्णालीप्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका प्रवक्ता मुनबहादुर रावतले कोरोना महामारीका कारण ¥याफ्टिङलगायतका साहसिक खेल तथा विभिन्न उद्देश्यले कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको ठोस तथ्याङ् नभएको बताए। यद्यपि महामारीको नियन्त्रणपश्चात् तथ्याङ्क उपलब्ध हुने उनले बताए।

कर्णालीप्रदेशको प्रथम पञ्चवर्षीय योजनामा पर्यटन विकासका लागि विभिन्न टे«ल तथा पर्यटन गन्तव्य पहिचान गरेको छ। प्रवक्ता रावतले भने, “कर्णाली र भेरी करिडर भनेर पनि रुट विभाजन गरिएको छ। कर्णाली करिडरमा सुर्खेत, कालीकोट, सिमकोट हुँदै मानसरोवर कैलाश भेट्छ। त्यस्तै, भेरी करिडरले सुर्खेत, जाजरकोट, डोल्पाहुँदै से–फोक्सुण्डो जोड्छ। रारा करिडरले भने सुर्खेत,सिंजा हुँदै मुगु रारालाई गन्तव्य बनाउँछ।”

त्यसैगरी पर्यटनको दीर्घकालीन योजनाका लागि ग्रेट हिमालयन टे«लको विकास गरीहुम्ला–डोल्पा, रारा–सेफोक्सुण्डो, सेफोक्सुण्डो–ढोरपाटन र ढोरपाटन–पोखरा हुँदै लुम्बिनी जोड्ने सोच बनाइएको र त्यहीअनुसार आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्न लागिएको उनले बताए।

प्रवक्ता रावतका अनुसार पर्यटकहरुलाई खान बस्न सहजता ल्याउने उद्देश्यले भेरी, रारा र कर्णाली करिडरहरुमा एक÷एक वटा स्थान छनोट गरी प्रारम्भिक वातावरणीय परीक्षण, जग्गाप्राप्ति,भोगाधिकार, विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र वातावरणीय अध्ययन प्रतिवेदन मन्त्रालय आफैले तयार गर्ने तथा यसको सेवा सञ्चालनका लागि निजी कम्पनीहरुलाई प्रस्ताव आह्वान गरिने छ।

त्यसका लागि मन्त्रालयले (टुरिज्जम शो केस प्रोजेक्ट) प्रस्ताव गरेको छ। यसले निजी कम्पनीहरुलाई सेवा सञ्चालनका लागि झञ्झट नहुने र पर्यटकहरुको आगमन बढ्ने अपेक्षा रहेको उनको भनाई छ। प्रवक्ता रावतका अनुसार प्रदेश सरकारले ‘हामी यसपालि, घुमौँ कर्णाली’ नारा अघि बढाउने र कर्णालीमा निजी क्षेत्रका लगानीकर्तालाई आकर्षण गर्दै लगानी बढाउने योजना प्राथमिकताका साथ अघि बढाएको छ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रका गतिविधि सघन रुपमा प्रदेश सरकारले सञ्चालन गर्न सकेको छैन। अहिले सरकारले पर्यटन पूर्वाधार निर्माणमा पनि जोड दिएको छ। यसका सम्बन्धित क्षेत्रका विभिन्न संयन्त्र बनाएर कर्णालीमा खोज, अध्ययन अनुसन्धान गर्न आउने पर्यटकहरुका लागि क्षेत्र निर्धारण गर्ने गरी प्रदेश सरकार लागको जनाइएको छ।

पछिल्लो समयमा कोरोना सङ्क्रमणको महामारी तीव्र रुपमा फैलिँदै गएपछि देशभर झैँ अहिले कर्णाली प्रदेश पनि पूर्णरुपले प्रभावित भएको छ। पर्यटन तथा होटेल व्यवसाय पूर्णरुपले बन्द भएका छन्। उद्योग, कलकारखाना पनि त्यही अवस्थाबाट गुज्रिएका छन्। नागरिकहरुको रोजगारी खोसिएको छ। जसका कारण यहाँको अर्थतन्त्रविस्तारै कमजोर बन्दै गएको छ। यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपछि सबै क्षेत्र जस्तै अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्र पनि ठप्प भएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।