सल्यान। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण पालिकाका कर्मचारीमा देखिएपछि सल्यानको कालिमाटी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। कोरोना संक्रमण पालिकाका कर्मचारी र केही स्थानीयबासीमा समेत देखिएपछि एकसाताका लागि पालिकाको सेवा बन्दहुने बिहीवार जारी सूचनामा जनाईएको छ।

शुक्रबारदेखि लागु हुनेगरि एक सातासम्म पालिकाका सेवा बन्द हुने भएपनि अत्यावश्यक सेवा सञ्चालनका लागि विहान ११ बजे देखि १ बजे सम्म कार्यालय खुला रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए।

महामारीको यो परिस्थितीमा सभा, सम्मेलन, भोज भतेर, विवाह व्रतबन्ध जस्ता भिडभाड हुने कार्यहरु नगर्न नगराउन र पूर्ण रुपले स्वास्थ्य मापदण्डको पालना गर्न पनि पालिकाले स्थानीयबासीलाई अनुरोध गरेको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।