सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ। प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

नयाँ आदेश अनुसार निषेधाज्ञा अवधिमा के के गर्न पाईन्छ?

१. विवाह, व्रतबन्ध, मृत्यु संस्कार बढीमा १० जना स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर मात्र गर्ने।
२.अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलपूmल, दुध तथा दुग्धजन्य पदार्थ, भेटनरी सेवा, बैंकको एटिएम सेवा, बैंक(न्यूनतम् जनशक्ति बढीमा २५ प्रतिशत), दुरसञ्चार, ईन्टरनेट सेवा प्रदायक, क्वारेन्टिन तथा आइशोलेसन सञ्चालन गर्ने होटल, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरि सञ्चालन गर्ने।
३. सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्था न्यूनतम जनशक्ति( एकचौथाई) परिचालन गरि सञ्चालन गर्ने र निजले प्रयोग गर्ने सवारी साधन विहान ९ बजेदखि १०ः३० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ५ः३० बजेसम्म कार्यालयबाट फर्कन सञ्चालन गर्न दिने। काममा जाँदा र फर्किदा कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य हुने।
४. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने। सूचना विभागको प्रेस पास नभएका संचारकर्मी तथा कर्मचारीको हकमा सम्बन्धित संचार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने।
५. सार्वजनिक विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति आयोजना स्थलमै क्याम्प राखि सुरक्षा मापदण्ड पालना गरि संचालन गर्ने। साथै निर्माण सामाग्री ढुवानीका साधन संचालन गर्न पाउने।
६.औषधि तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामाग्री, फलपूmल, तरकारी र दुग्धजन्य पसल व्यवसाय विहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्ने।
७. विदेशबाट यस जिल्लामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइशोलेसनमा बस्नुपर्ने।

नयाँ आदेश अनुसार निषेधाज्ञा अवधिमा के के गर्न पाईदैन?

१.सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, सपिंग मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्राहलय आदी संचालन गर्न नपाईने।
२. सार्वजनिक एवं निजी सवारी साधन संचालनमा मिति २०७८ वैशाख २१ गते राती १२ बजेदेखि २०७८ वैशाख ३१ गते राती १२ बजेसम्म पूर्ण रुपमा रोक लगाउने।
३. अत्यावश्यक सामाग्री बोकेका ढुवानीका सवारी साधनमा चालक सहित २ जना र बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्समा बढीमा ३ जना चालक सहित।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।