काठमाडौं। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ। देउवा निवास बुढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउने निर्णय भएको बताए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

यसैबीच, नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले आफूहरुको समर्थन पहिले देखि नै यो सरकारलाई नभएपनि औपचारिकताका लागि समर्थन फिर्तालिने निर्णय भएको बताए। बुधबारदेखि सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता हुने पोखरेलले बताए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।