जखेरा तालमा डुङ्गा सयर

दाङको लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । जखेरा तालमा दुई वटा डुङ्गाको व्यवस्था गरिएको छ । तस्बिर : दीपक बोहरा/रासस

बागलुङ बजार

पानी परेर प्रदूषण हटेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गबाट देखिएको बागलुङ बजार । तस्बिर : खेमराज गौतम/ रासस

बादलको घुम्टोभित्र धौलागिरि हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । तस्बिर : कमल खत्री/रासस

मुस्कुराउँदै लमजुङ हिमाल

बादल फाटेसँगै बेँसीशहर नगरपालिका– ८ बाट शुक्रबार बिहान देखिएको लमजुङ हिमाल । तस्बिरः जनक श्रेष्ठ/रासस

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रिम्ना र चाइना बगर

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रिम्ना र चाइना बगर । तस्बिरः हेमन्त केसी/रासस

फेवातालमा माछापुच्छ्रेको छायाँ

पोखरा महानगरपालिका–१७ डयामसाइडबाट शुक्रबार बिहान देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । बादल हटेपछि हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिरः राधिक कँडेल/रासस

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।