काठमाडौं। विवकेशील साझा पार्टी बागमती प्रदेशले संचार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीको बागमती प्रदेश समितिका सदस्य रञ्जन कार्कीको नेतृत्वमा बिहीवार विभाग गठन गरिएको हो। 

पार्टीका नीति तथा कार्यक्रम प्रचार प्रसार गर्न विवेकशील साझाले पार्टीका सचिवालय सदस्य प्रकाश चन्द्र परियारको नेतृत्वमा यस अघि नै संघीय संचार तथा सूचना प्रविधि विभाग गठन गरिसकेको छ। 

संघीय संचार तथा सूचना प्रविधि विभागलाई प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना अनुरुप बागमतीमा विभाग गठन गरिएको हो। कार्की प्रमुख रहेको बागमती प्रदेशको संचार तथा सूचना प्रविधि विभागमा श्यामकृष्ण श्रेष्ठ, अनिलचन्द्र श्रेष्ठ, समिक्षा अधिकारी, दिलकुमार केसी, पूर्णमान श्रेष्ठ र सौगात पोखरेल सदस्य रहेका छन्।

प्रदेशस्तरमा पार्टीले गर्ने विभिन्न कार्यक्रमको प्रचार प्रसार, सामाजिक सञ्जाल व्यवस्थापन लगायतका सूचना तथा सञ्चार सम्बन्धी कार्य आफू नेतृत्वको विभागले गर्ने कार्कीले बताए। यस्कासाथै संघीय विभागले गर्ने कार्यहरूमा प्रदेशबाट सहजीकरण समेत गरिने उनको भनाई छ।

मिडिया, सामाजिक सञ्जाल र सूचना प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न भन्दै विवेकशील साझाले सचिवालय सदस्य प्रकाश चन्द्र परियारको नेतृत्वमा संघीय संचार तथा सूचना प्रविधि विभाग गठन गरेको थियो। विभागलाई तल्लो तहसम्म लैजान बागमती प्रदेशबाट सुरुवात गरिएको संघीय विभागका प्रमुख परियारले बताए। संघीय सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरीशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन रहेका छन्। संघीय विभागमा पार्टीका पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपक प्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।