सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ६ मा सुतिरहेका एक पुरुषको ह त्या भएको छ। गुर्भाकोट नगरपालिकाको वडा नं.निमारे स्थित आफ्नै घरमा मंगलबार राति सुतिरहेका ५९ वर्षीय नन्दराम वलीको ब न्चरो प्र हार गरि ह त्या भएको हो।ह त्या गरिएका वलीको श व बुधवार बिहान सुतिरहेकै ठाउँ आफ्नै घरको बरण्डामा भेटिएको थियो ।ह त्या कसले किन गर्यो भन्ने बारेमा अनुसन्धान गर्न प्रहरीले घ टनास्थल सिल गरेको छ। ह त्यामा परिवारकै सदस्यको संलग्नता हुनसक्ने आ शंका गरिएपनि अनुसन्धान जारी भएकाले केही भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। घ टनास्थलको स्थलगत अनु सन्धानका लागि मेहेलकुना प्रहरी चौकी र प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ।  प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेर श वलाई पोस्ट मार्टमका लागि मेहेलकुना अस्पताल पठाउने तयारी गरेको घ टनास्थलमै भएका स्थानीय गोविन्द वलीले जानकारी दिए।

आफुले जन्माएर हुर्काएको सन्तानको नि’धनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निध’न हुनु र नि’धन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला ? प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घट’नाको ।बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् |दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरु’द्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको म’रिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए ।बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । ४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।