भण्डारीको ‘आइ लभ यू केपी बा’

काठमाण्डौं। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी नेकपाको केपी ओली समूहमा लागेका छन्। माओवादी विद्रोहदेखि नै प्रचण्ड निकट रहेर काम गरेका भण्डारीले शुक्रवार देखि औपचारिक रुपमा केपी ओली समूहमा लागेको पुष्टि गरेका छन्।

उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘आइ लभ यू केपी बा’ भनेर क्याप्सन समेत लेखेका छन्।

 

भण्डारी माओवादी विद्रोहताका सुर्खेत जेल ब्रेकगर्ने विद्रोही मध्येका एक् थिए। उनलाई माओवादी कोटाबाट २०६८ सालमा चलचित्र विकास वोर्डको अध्यक्ष नियुक्त गरिएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।