सुर्खेत। गुर्भाकोटमा सुरक्षित सिकाईका लागि नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ। नगरपालिका भित्रका शिक्षा सरोकारवालाहरुको सहभागितामा बुधवार नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय र कक्षा कोठामा सुरक्षित सिकाईका लागि गर्न सकिने विधि र निर्माण गर्न सकिने नीतिका विषयमा छलफल भएको थियो।

आसमान नेपालले आयोजना गरेको संवाद कार्यक्रममा गुर्भाकोट नगरपालिकाको सामाजिक विकास समितिका संयोजक चित्र बहादुर रेग्मी, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खत्री लगायतको उपस्थिती थियो।

कार्यक्रमको सहजीकरण आसमान नेपालका परियोजना संयोजक यादव भूसाल र भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माले गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।