माइक्रोसफ्ट च्याम्पियनसिपमा कर्णालीले सहभागिता जनाउने
माइक्रोसफ्ट च्याम्पियनसिपमा कर्णालीले सहभागिता जनाउने


सुर्खेत। सूचना प्रविधि क्षेत्रमा विश्वको सबै भन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट 
वल्ड  च्याम्पियनसिपमा कर्णालीका विद्यार्थीहरूले पनि प्रतिष्पर्धा गर्ने भएका छन्। डेलाइट आइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराउन लागेको हो। माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड  च्याम्पियनसिप ग्लोबल कम्पिटिसन हो। प्रतियोगितामा सहभागी विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सलपावरपोइन्टमा सीप परीक्षण हुन्छ। सहभागी विद्यार्थीले माइक्रोसफ्ट सर्टिफिकेशन पाउँछन्। यो एक अन्तराष्ट्रिय प्रमाणपत्र हो। प्रतियोगिता जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय गरेर तीन तहमा हुने सेन्टरका सञ्चालक तथा (माईक्रोसफ्ट अफिस स्पेशलिष्ट डिष्ट्रिक्ट अपरेसन म्यानेजर) प्रकाश खनालले जानकारी दिए ।प्रतियोगितामा १३ वर्ष पूरा भई २२ वर्ष ननाघेका प्रतियोगीहरू सहभागी हुन पाउनेछन्। जिल्लास्तरका विजेताहरू राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाका लागि पोखरा जान पाउँछन्।

पोखरामा हुने राष्ट्रिय प्रतियोगितामा ७७ वटै जिल्लाका बिजेताहरुबीच प्रतिस्पर्धा हुनेछ,’ खनालले भने, प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी  वल्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जान पाउँछन् ।’कार्यक्रम संयोजक पदम खनालले कोरोना सङ्क्रमणका कारण पछिल्लो समय विद्यार्थीहरू अनलाइन कक्षामा अभ्यस्त भइराखेकाले प्रतियोगितामा विद्यार्थीहरूलाई त्यसको फाइदा पुग्ने बताए। उनले विद्यार्थीहरुमा सीप विकासका साथै खाली समयको सदुपयोग हुने, विश्वकै ठूलो प्रतियोगितामा सहभागी हुन पाइने, देशविदेशका विद्यार्थीहरूसँग साक्षात्कार गर्न पाइनेलगायतका फाइदाहरू सहभागीलाई हुने बताए ।विगत १८ वर्षदेखि भइरहेको प्रतियोगितामा सन् २०२० मा मात्रै एक सय ३५ देशका १० लाख भन्दाबढी विद्यार्थीले सहभागिता जनाएका थिए । नेपालले २०१३ मा वल्ड च्याम्पियनसिपको उपाधि प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी हुनका लागि फागुन २० गतेभित्र फारम भर्नुपर्ने हुन्छ भने सहभागीलाई तालिमको व्यवस्था आयोजक संस्थाले गर्ने छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।