नेपाली कांग्रेस निकट नेपाल महिला संघ सुर्खेतकी काेषाध्यक्ष तथा गुर्भाकाेट नगरपालिकाकी उप प्रमुख मैना बि.कले कम्युनिस्ट विरुद्ध एकजुट हुन गुर्भाकाेटका कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेकी छन्। नेपाली कांग्रेस गुर्भाकाेटले शनिवार बाेटेचाैरमा आयाेजना गरेकाे विराेध सभालाई संवाेधन गर्दै वि.क.ले कांग्रेस दुबाे जस्ताे पार्टी भएकाेले याे अब फैलिने दाबी गरिन।उनले हिजाे सुर्खेत क्षेत्र नं १ काे विकास पूर्णबहादुर खड्काले गरेकाे नभई विकासकाे निरन्तर प्रक्रिया हाे भनेर हिड्ने कम्युनिस्टहरु चुनाव जितेपछि गुमनाम बनेकाे आराेप लगाइन्।नेपाली कांग्रेसकाे केन्द्रीय समितिले तय गरेकाे ७५३ वटै स्थानीय तहमा केपी ओलीकाे संसद विघटनकाे कदम विरुद्ध विराेध सभा गर्ने कार्यक्रम बमाेजिम गुर्भाकाेटकाे बाेटेचाैरमा विराेध सभा गरिएकाे हाे।

सरकारले चालु आवको बजेट भाषणमा पनि विद्युत् उपभोग बढाउन प्रोत्साहन गर्ने घोषणा गरेको थियो । ‘विद्युतीय चुल्होलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोग, विद्युतबाट सञ्चालन हुने यातायातका साधन, विद्युत खपत गर्ने उद्योग र विद्युत बचत हुने समयमा बढी ऊर्जा खपत गर्ने उद्योगलाई थप सहुलियत प्रदान गरिनेछ,’ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटमा भनिएको थियो । यो घोषणा कार्यान्वयन गर्न अहिलेसम्म कुनै निकायले काम थालेका छैनन् ।नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ आन्तरिक विद्युत खपत बढाउन सके देशको अर्थतन्त्र थप चलायमान भएर उद्योग, व्यवसाय र रोजगारी बढ्ने बताउँछन् । ‘अर्थ व्यवस्थालाई बलियो बनाउन देशभित्रै विद्युत खपत बढाउने कुरा पहिलो प्राथमिकतामा हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि प्रभावकारी एकीकृत कार्ययोजना ल्याउन ढिलाइ गर्नुहुन्न ।’

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।