विवेकशील साझा पार्टीको राजनीतिक संवाद समिति गठन

काठमाण्डौं। विवेकशील साझा पार्टीले राजनीतिक संवाद समिति गठन गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले बुधवार विज्ञप्ति जारी गर्दै समिति गठन गरिएको जानकारी दिएका हुन। 

विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरिएको प्रवक्ता पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समितिको संयोजकमा पार्टीका नेता केशव दाहाल रहेका छन्। यसैगरी सदस्यहरूमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम रहेका छन्।

पार्टीको मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सु-संस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको  विज्ञप्तिमा जनाईएको छ।

विज्ञप्तिको पूर्णपाठ :

प्रेस विज्ञप्ति: राजनीतिक संवाद समिति गठन 
विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।
हिजो मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको हो।
केशब दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेका छन्।
राजनीतिक संवाद समितिका संयोजक दाहालले समितिले आफ्नो तर्फबाट लिने अग्रसरताको अलावा विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न पनि आग्रह गरेका छन्।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
मिति: २९ पुष २०७७
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।