मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्यो रणभूमी, तीन विद्यार्थी घाइते

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएको विद्यार्थीको एउटा समूह र प्रहरीबीच झडप भएको छ। सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि आइतवार प्रहरी र विद्यार्थीबीच झडप भएको हो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ।

भिसी सिंहले ज्ञापन पत्र आफूले नबुझ्ने तर मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए।

भिसीले ज्ञापन पत्र बुझ्न नमानेपछि आक्रोशित विद्यार्थीहरुले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको सुर्खेत प्रहरीका डीएसपी रामप्रसाद घर्तीले बताए। घटनामा तीन जना विद्यार्थी घाइते भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।