काठमाडौं। इण्डोनेसियामा ५० भन्दा बढी यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन भएको छ। विमान इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको थियो। 

अन्तराष्ट्रिय समाचार संस्थका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कविहीन भएको हो। फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो ।

सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको इन्डोनेसियाको परिवहन मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।