सुर्खेत। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा पर्ने मेहेलकुना बजार प्रत्येक शनिवार बन्द हुने भएको छ। मेहेलकुना बजार व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले साप्ताहिक रुपमा बजार बन्द गर्ने निर्णय गरेको हो।

हरेक शनिवार बजार पूर्ण रुपले बन्द गर्ने निर्णय गरिएको भएपनि औषधि पसल, तरकारी पसल, चिया नास्ता पसल, मासु पसल र कपाल काट्ने सैलुनहरु भने खुल्ला रहनेछन्।

यसअघि हरेक महिनाको १५ गते बजार बन्द गरिदैं आएको थियो। हरेक शनिवार पसल बन्द रहने निर्णय भएसँगै पुरानो निर्णय स्वतः खारेज भएको समितिका अध्यक्ष रुकुम बिसीले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।