गुर्भाकोटमा बस दुर्घटना, १ जनाको मृत्यु

सुर्खेत। छिञ्चु – जाजरकोट सडक खण्डमा बस दुर्घटना भएको छ। बोटेचौरबाट सल्लिबजार जाँदै गरेको बस बिहीवार दिउँसो गुर्भाकोट नगरपालिका वडा नं. ९ को गराले गौडाबाट भेरी नदीमा खसेको हो।

सडकबाट नदीमा खसी डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेको उद्दार गरी उपचारको लागि मेहलकुना अस्पताल पठाइएको छ।

सल्यानको कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको उक्त बसमा ३ जना मात्रै सवार थिए। बसमा सवार मध्ये एकजनाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।