बन्ने भयो गुर्भाकोटमा आँखा अस्पताल, नगर प्रमुख पुनद्वारा शिलान्यास

सुर्खेत। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुनामा आँखा अस्पताल बन्ने भएको छ। गुर्भाकोट नगरपालिका वडा नं. ८ को मेहेलकुना नजिकै बन्ने आँखा अस्पताल भवनको बुधवार नगर प्रमुख हस्त पुनले शिल्यान्यास गरेका छन्।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५० लाख र कर्णाली प्रदेश सरकारको ४० लाख अनुदान रकमबाट गुर्भाकोटमा आँखा अस्पतालको भवन निर्माण हुने भएको हो।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मैना बि.क, वडा नं. ८ का वडाध्यक्ष चित्रबहादुर रेग्मी लगायतको उपस्थिती थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।