काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेपछि घर बाहिर ननिस्क्नि सर्वसाधारणलाई आग्रह गरिएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण शाखाका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलवार विज्ञप्ति जारी गरी सकेसम्म घरबाहिर ननिस्किन र निस्किनै परे सावधानी अपनाउन अपिल गरेका छन्।

सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेको थियो।

विज्ञप्तिमा विशेष गरेर बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, यस्तै मुटुका बिरामी प्रदुषित बातावरणका कारण प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन आग्रह गरिएको उल्लेख गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।