कैलाली। उद्योगमन्त्री एवं नेकपा (ओली समूह)का नेता लेखराज भट्टले सुदूरपश्चिमका प्रदेश सांसदहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिएको आरोप लगाएका छन्। धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले ओली पक्षमा गए समानुपातिक सांसदको पद खोस्ने र मन्त्रीबाट हटाउने धम्की दिएको दाबी गरे।

आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको भट्टले बताए। केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएका थिए। संसदीय दलको बैठकमा सहभागी भएका ३० जना सांसदहरुलाई ब्ल्याकमेलिङ र धम्की दिइएको उनको आरोप थियो।

सरकारले तोकेको समयमा नै निर्वाचन हुने दाबी गर्दै मन्त्री भट्टले आफू चुनाव प्रचारका लागि कैलाली आएको समेत बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।