शिखर साकोसले २२औं स्थापना दिवस मनायो

सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भेरीगङ्गा ११, रामघाट सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ। संस्थाले शुक्रवार आफ्नै मुख्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २२औं स्थापना दिवस मनाएको हो। 

संस्थाका अध्यक्ष भूपेन्द्र बहादुर सिंहको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र सिंह ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु, सल्लाकारहरु, सेवा केन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, विभिन्न छाता संघका प्रतिनिधिहरु, विभिन्न उप समितिका सदस्यहरु, विभिन्न विद्यामा सम्मानित तथा पुरस्कृत हुने शेयर सदस्यहरु, बाल बचतकर्ताहरू तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

स्थापना दिवसका अवसरमा संस्थाले विभिन्न ८ वटा विधामा ४९ जना सदस्यहरु र उत्कृष्ट हुने ३ वटा समुहलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको संस्थाका सूचना अधिकारी खड्क बहादुर शाहीले जानकारी दिए।

कार्यक्रममा यस चालु आर्थिक वर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धि तथा क्रियाकलापहरूको बारेमा संस्थाका व्यवस्थापक यामलाल खत्रीले आफ्नो प्रगति प्रतिवेदन मार्फत सबैलाई जानकारी गराए। 

संस्थाका अध्यक्षले सिंहले आफ्नो मन्तव्य राख्दै संस्थालाई यहाँसम्म पुर्‍याउनका लागि अथक मेहनत र प्रयास गर्ने सम्पूर्ण शेयर सदस्यहरूलाई धन्यवाद दिँदै आगामी दिनमा संस्थालाई थप विश्वासिलो र दिगो रुपमा स्थापित गर्नका लागि सबैको रचनात्मक सुझाव र सल्लाहको आवश्यकता पर्ने बताए। अध्यक्ष सिंहले स्थापना दिवसमा पुरस्कृत तथा सम्मानित हुने सबैलाई बधाई समेत ज्ञापन गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।