सुर्खेत। प्राइम लाइफ इन्स्युरेन्स मेहेलकुना सुर्खेतले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ। गुर्भाकोट नगरपालिका ४ सहारे बस्ने फत्त ब बुढा को मृत्यु भएको हुँदा उनकी श्रीमती छविकला कार्कीलाई ५ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
सहारे स्थित आँप टाकुरामा शुक्रबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा र वडा नम्बर ४ का वडा अध्यक्ष प्रसन्न कुमार शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको प्राइम लाइफ इन्स्युरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ।
कार्यक्रममा शाखा प्रमुख शर्माले बिमाको महत्व बारेमा जानकारी दिए। वडाध्यक्ष शाहले गाउँ गाउँमा आएर बिमाले राहत दिएकोमा खुसी व्यक्त गर्दै सबैलाई बिमा गर्न आग्रह गरे।
कार्यक्रम कम्पनीका एजेन्सी म्यानेजर भानुभक्त ढकालले सञ्चालन गरेका थिए।