प्रधानमन्त्रीको कदम विरुद्ध गुर्भाकोटमा कांग्रेसको प्रदर्शन (भिडियो सहित)

सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा नेपाली कांग्रेसले गुर्भाकोटमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत सोमवार गुर्भाकोटको मेहेलकुनामा विरोध प्रदर्शन गरिएको हो।

प्रधानमन्त्री ओली सर्वसत्तावाद उन्मुख भएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। प्रदर्शन मेहेलकुनाको खटांगबाट शुरु भई मेहेलकुना बजार परिक्रमा गरि खैरेनी पुगेर विरोध सभामा परिणत भएको थियो।

विरोध सभालाई पूर्व सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्ट, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, उपप्रमुख मैना बि.क लगायतले सम्बोधन गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।