विज्ञापन

-मिनराज पन्त


भर्खरै भान्साघरबाट एउटा विज्ञापन निस्क्यो,
आवश्यकता! आवश्यकता!! आवश्यकता!!!
उमेरले धेरै पाको,
केही गरि नखाको
मान्छेलाई मारेको
भ्रष्टाचार गरेको
तस्करीमा परेको।
जेलनेल खाको,
उमेर जानै लाको,
मिठो पकाउन जान्ने
धेरै आफै खाने।
आफ्नालाई बाँड्न सिपालु
अरुलाई धपाउन कृपालु
छिमेकीलाई चिढाउन जानेको
जेलमा सबले मानेको।
आफ्नो जागिर जोगाउन
ढोग्न पनि जान्ने,
ठोक्न पनि जान्ने
चतुर, पटमूर्ख, सर्वज्ञान सम्पन्न
ढाँट्न सिपालु
धोकेबाजको मायालु
रोगले खाको
युगैले पाको
हनुमान जगाउन सक्ने
अरिङ्गाल लगाउन सक्ने
नीति नियम सेलाउने
आफैले मात्र खेलाउने
उद्योग व्यापार हटाउने
तस्करजति अटाउने
देशका पिलर हुइँक्याउने
नदीनाला सुइँकाउने
आफन्तलाई लडाउने
आफ्ना विदेश पढाउने
अनपढ बेरोजगारहरूले
मुख्य भान्से १ जना
भान्से २७५ जनाका लागि
दुर्र्वाचन आयोगमा निवेदन दिनुहोला।
अन्तमा विज्ञापन हेरेर २ जना युवा
मुस्कुराउँदै थिए।
यी गुण नभएका नेपालीहरुले
नागरिकको कार्यालयमा
दरखास्त दिनुहोला।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।