सुर्खेत। इमि प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था गुर्भाकोटको बागडोर  अब भीमप्रकाश ओलीले सम्हाल्ने भएका छन्। संस्थाको शनिवार सम्पन्न सातौँ चुनावी साधारण सभाबाट ओली अध्यक्ष चयन भएका हुन्।

संस्थाको उपाध्यक्षमा चित्रबहादुर वली, सचिवमा पुष्कर रेग्मी र कोषाध्यक्षमा दिपा भण्डारी चयन भएका छन्।

यसैगरी सदस्यहरूमा जितबहादुर वली, डिलसरा सहानी, तीला राना, झगवीर नेपाली, रत्न बहादुर नगाल , नन्दलाल खत्री र सहवीर थापा चयन भएका छन्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।