सुर्खेत। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युुदाबी ( मासिक शिक्षा खर्च ) रकम भुक्तानी गरेको छ। कम्पनीको सुर्खेत शाखाले सिम्ता  १ सुन्तला निवासी धोज बहादुर रानाको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो।

कम्पनीको सुर्खेत शाखाले घर दैलोमै एक कार्यक्रमको आयोजना गरि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीका हातबाट मृतकको श्रीमती अमृता रानालाई ५ महिनाको मासिक सुविधा बापत रु २५ हजार ५० को चेक  हस्तान्तरण गरिएको थियो। मृतक धोज बहादुर रानाले आफू प्रस्तावक बसी छोरा टेकेन्द्र रानाको २ वर्ष अघि ५ लाख १ हजार बीमाङ्कको बाल भविष्य जीवन बिमा गराएका थिए। उनको रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा गत असार ५ गते मृत्यु भएको थियो। प्रस्तावक गुमेपछि कम्पनीले बिमित टेकेन्द्र रानालाई १६ वर्ष नपुग्दासम्म मासिक रु ५ हजार ५० का दरले प्रत्येक महिना शिक्षा खर्च प्रदान गर्ने भएको छ भने वार्षिक रूपमा तिर्नुपर्ने किस्ता रु ३३ हजार ९ सय ४४ पनि बिमित १६ वर्ष नपुग्दा सम्म छुट गरेको छ। नाबालक टेकेन्द्र रानाको  बिमा अभिकर्ता चित्र बहादुर खत्री मार्फत गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले आफ्नो मन्तव्य राख्दै मान्छे जन्मेकै दिन देखि जोखिम शुरु हुने हुँदा सुरक्षा र बचतका लागि जीवन बिमा अनिवार्य रहेको बताए। कार्यक्रममा शिक्षक प्रतिनिधि कृष्ण बहादुर भण्डारी र वडा अध्यक्ष मानसिं कामीले पनि मन्तव्य राखेका थिए। कार्यक्रममा कम्पनीको सुर्खेत शाखा अन्तर्गतको राकम  उपशाखाका इन्चार्ज ओम बहादुर बुढाले जीवन बिमाका बारेमा धेरै कुरा बुझाउँदै बिमाको पहुँच बिस्तार गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।