कर्णाली प्रदेशमा विवेकशील साझाको एकता उत्सव

सुर्खेत। विवेकशील साझा पार्टीले कर्णाली प्रदेशमा एकता उत्सव मनाएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीवार दीप प्रज्वलन गरि एकता उत्सव मनाइएको हो।
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भई बुधवार विवेकशील साझा पार्टीको भर्चुअल घोषणा भएको थियो।

पार्टी एकीकरणलाई उत्सवकै रुपमा मनाउन कर्णाली प्रदेशमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको पार्टीका कर्णाली प्रदेशका युवा नेता पदम खनालले बताए।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य शुसिल देवकोटा, गत निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार रम्मा आचार्य, सुर्खेत १ कै प्रदेश क का उम्मेदवार सूर्यदीप रेग्मी, सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. गोबिन्द आचार्य, युवा उद्यमी राजेन्द्र विष्ट, नेतृ पुष्पा कोईराला लगायतको उपस्थिती थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।